२०८१ असार १ गते | 14th of June 2024

सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय पुग्यो

सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय पुग्यो
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ६:५९

शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो मूल्य वृद्धिपछि सुनको भाउ ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९३७ डलर हाराहारीमा छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले मूल्यमा असर पारिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *