२०८१ असार १ गते | 14th of June 2024

युक्रेनी तटमा विस्फोट : एउटा कार्गो जहाज डुब्यो

युक्रेनी तटमा विस्फोट : एउटा कार्गो जहाज डुब्यो
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ७:३१

युक्रेनको तटमा विस्फोट हुँदा एउटा कार्गो जहाज डुबेको छ । जहाज डुबेको जहाज मालिक इस्टोनियाले जानकारी दिए। विस्फोट कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन नसकेको बीबीसीमा समाचार छ । उनले चालक दलका दुई सदस्य र अन्य चार जनाको उद्धार युक्रेनको स्थानीय राहत सेवाले गरेको पनि बताए।

उक्त जहाज इस्टोनियास्थित कम्पनी भिस्टा सिपिङ एजेन्सीको स्वामित्वमा छ । इस्टोनिया बाल्टिक देश हो र नेटाको सदस्य पनि हो।

यसको सीमा रूससंग जोडिएको छ। यो जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोरनोमोर्स्कबाट बाहिरिएपछि ओडेसा नजिकै युक्रेनको तटमा पार्क गरिएको थियो।

युक्रेनको सेनाले रुसले ओडेसा कब्जा गर्न चाहेको बताएको छ । यसका लागि रुसले त्यहाँ धेरै विशेष जहाजहरू पठाइरहेको छ। ओडेसा लगभग १० लाख जनसंख्या भएको प्रमुख समुद्री बन्दरगाह हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *