२०८१ असार १ गते | 14th of June 2024

युक्रेनको आणविक केन्द्र रसियाको नियन्त्रणमा

युक्रेनको आणविक केन्द्र रसियाको नियन्त्रणमा
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ९:१८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले आणविक आतङ्क फैलाउन खोजेको बताएका छन्। रसियाले युक्रेनको जेप्रोजेइयामा भएको ठूलो आणविक भट्टीमा आक्रमण गरेसँगै जेलेन्स्कीले यस्तो बताएका हुन्। युक्रेनको दक्षिणी भागमा रहेको आणविक केन्द्रमा रसियाली सेनाले गरेको आक्रमणपछि आगो सल्किएको समाचारहरू आएको बीबीसीले जनाएको छ।

यो आणविक केन्द्रलाई रसियाले नियन्त्रणमा लिएसँगै पश्चिमा राष्ट्रहरूले रसियाले आणविक आतङ्कलाई तीव्र पार्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बेलायतका उपप्रधानमन्त्री डोमिनिक ¥याबले रसियाले आणविक केन्द्रमा गरेको आक्रमणलाई भवितव्य मात्र मान्न नसकिने बताउँदै आणविक त्रास फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन्।

यो यूरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र हो। रूसी सेनाको क्षेप्यास्त्र प्रहारबाट केन्द्रको छेउमा रहेको तालीम भवनमा आगलागी भएको थियो। आगलागीले आणविक केन्द्रमा क्षति पु¥याउला कि भन्ने चिन्ता विश्वका नेताहरूले गरेका हुन् ।

समाचारमा जनाइए अनुसार, आपत्कालीन सेवामा कार्यरत कामदारले आगलागी नियन्त्रणमा लिएका छन्। यसर्थ, तत्कालका लागि आगलागी घातक नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आणविक केन्द्रमा हमला गर्नुअघि बख्तरबन्द गाडी सहित सयौंको सङ्ख्यामा आएका युक्रेनी नागरिकले रुसी सेनालाई रोक्ने प्रयास गरेका थिए। तर, उनीहरूमाथि रूसी सेनाले गोली हानेको युक्रेनको भनाइ छ।

युक्रेनको पूर्वी क्षेत्रमा रहेको शहर मारियोपोलका बासिन्दा दोस्रो दिन पनि गोलाबारुदको सामना गरिरहेका छन्। त्यस्तै, उत्तरी भागमा रहेको शहर चेनिएभ रसियाली आक्रमणमा ध्वस्त भएको छ।

हंगेरीमा शरणार्थीको भीड युक्रेनबाट ज्यान जोगाउन भागेका शरणार्थीको भीड हंगेरीमा बढ्दै गएको छ। जाहोनीमा रहेको रेल स्टेशनमा शरण खोज्दै आउनेको भीड बढ्दै गएको जनाइएको छ। युक्रेनको राजधानी किइभ तथा गाउँ गाउँबाट आएका महिला तथा बालबालिकाले रेल खचाखच भरिएको छ।

रूसले युक्रेनमा आक्रमण तीव्र पारेसँगै संयुक्त राष्ट्रसंघले राष्ट्रपति पुटिनका निकट व्यवसायी तथा उद्योगपतिलाई नयाँ प्रतिबन्ध लगाएको छ।

राष्ट्रसंघले प्रतिबन्ध लगाएको त्यस्ता व्यापारीमा तेल तथा रियलस्टेट क्षेत्रका हस्ती छन्। जसमा रुसको धनाढ्य व्यापारी एलिसा इस्मानोफ पनि परेका छन्। त्यस्तै, क्रेमलिनका प्रवक्ता डेमेस्कि पेस्कोभ पनि छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *