२०८१ असार १ गते | 14th of June 2024

चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं– प्रचण्ड

चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं– प्रचण्ड
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ९:३७

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् ।शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा पहिलो भन्ने मनोगत मात्रै हुने बताएका हुन् ।

‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिका चाहिँ पहिलो नै हो,’ उनले भने, ‘उम्मेदवार चयनदेखि भौतिक तयारी गर्ने हो भने हामी दोस्रो हुन्छौं ।’

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाइ छ । ‘हामीसँग एक दम समय कम छ, अब चुनाव आउन दुई महिना १० दिन मात्रै छ,’ उनले भने, ‘युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्छ, कांग्रेस र एमाले हाम्रा चुनौती हुन् ।’

एमाले चलाख भएकाले गाउँगाउँ गइसकेको भन्दै प्रचण्डले कांग्रेसको आफ्नै खालको भोटबैंक रहेको बताए । उनले गठबन्धन र शक्तिलाई ठिक ढंगले परिचालन गर्न सके ‘लेफ्ट’को पहिलो हुने सम्भावना रहेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *