२०८१ असार १ गते | 14th of June 2024

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ९:४५

काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । फागुन १७ मा बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको छ । रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे ।

उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए ।

सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् । बालिकाका परिवारले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् । थप अनुसन्धानका लागी आरोपीलाई वृत्त जनसेवामा पठाइएको एसपी कोइरालाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *