२०८१ असार १ गते | 14th of June 2024

ओली, दाहाल र नेपाल एमसीसीका लागि पैसा र कुर्सीको दास बनेः विप्लव

ओली, दाहाल र नेपाल एमसीसीका लागि पैसा र कुर्सीको दास बनेः विप्लव
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ११:३५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको उनले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्।

‘मानिसले कुर्सी र पैसाको दास बनेपछि ऊ अन्धो बन्छ, केपी ओली र माधव नेपाल त्यसरी नै अन्धो बने,’ विप्लवले भने।

‘कथित जनताको संस्था भनिने संसदबाट नेपाली जनतालाई घात गर्ने घटना घट्यो फागुन १५ गते। यो दिन नेपाली इतिहासमा पुस १ गतेजस्तै कालो दिनका रुपमा इतिहासका रुपमा अंकित भएको छ,’ एमसिसी प्रस्ताव अनुमोदनबिरुद्ध संयुक्त विरोधसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले भने।

उनले फागुन १५ पुस १ भन्दा खतरनाक कालो दिन रहेको दाबी पनि गरे। फागुन १५ गते एमसीसी संसदबाट पारित भएको थियो भने पुस १ गते राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरेका थिए।

विप्लवले सम्बोधनका क्रममा भने– ‘सहिदको बलिदानमा उभिएका मान्छेहरुको अनुहार आज हाम्रो आँखाअगाडि सबैले देख्न सक्छन्।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *