२०८१ असार १ गते | 14th of June 2024

खप्तड गोल्डकप : फ्रेन्ड्स र क्यामरुनको एभेनिर भिड्दै

खप्तड गोल्डकप : फ्रेन्ड्स र क्यामरुनको एभेनिर भिड्दै
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ४:४६

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज आइतबार एक खेल हुँदैछ ।

धनगढी रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

ए डिभिजन क्लब फ्रेन्ड्स आज क्यामरुनी टोलीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । क्यामरुनको एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *