२०८१ असार १ गते | 14th of June 2024

बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा आगलागी

बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा आगलागी
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ६:१२

बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।

पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग जलेको छ । राति साढे १ मा आगो नियन्त्रणमा आएको डिएसपी मिश्रले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *