२०८१ असार १ गते | 14th of June 2024

‘बी’ डिभिजन लिग : चर्च ब्वाईजको लगातार दोस्रो जित

‘बी’ डिभिजन लिग : चर्च ब्वाईजको लगातार दोस्रो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ६:३४

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत चर्च ब्वाईज युनाईटेडले लगातार दोस्रो जित हात पारेको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको खेलमा खुमलटार युथ क्लबलाई २–० ले पराजित गरेको गर्दै चर्च ब्वाईजले दोस्रो जित दर्ता गरेको हो ।

चर्च ब्वाईजको जितमा दुबै गोल आशिष चापागाईले गरे ।

पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए ।

चर्च ब्वाईजका लािग दोस्रो गोल आशिषले ७१ औं मिनेटमा गरेका थिए । दुबै गोल गरेका आशिष म्यान अफ द म्याच घोषित भए ।

जितसँगै ६ अंक जोडेको चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता दुई खेलबाट समान ६ अंक जोडेको श्री भवगती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *