२०८१ असार १ गते | 14th of June 2024

कानून मन्त्री भन्छन्– आजदेखि एमाले संसदीय प्रक्रियामा सहभागी भयो

कानून मन्त्री भन्छन्– आजदेखि एमाले संसदीय प्रक्रियामा सहभागी भयो
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ९:१२

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्र बडूले संसदमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद गतिरोध खोल्ने संकेत दिएको बताएका छन् ।

महाभियोग सिफारिश समितिमा नाम पठाउनु संसदीय प्रक्रियामा सहभागी भएको संकेतको रुपमा लिएको उनले बताए ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले फागुन २९ गते बस्ने बैठकमा एमालेले अवरोध हटाउने विश्वास गरेका हुन् ।

‘महाभियोग सिफारिश समितिमा नाम दिने भनेको आफैंले छलफलमा सहभागी हुन्छौँ भनेको होइन र ? यो प्रक्रियामा सहभागी भएको सकारात्मक संकेतको रुपमा लिनुपर्छ,’ पत्रकारहरूको एक जिज्ञासामा मन्त्री बडूले भने । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन एमालेले आइतवार महाभियोग सिफारिश समितिमा रहने सदस्यको नाम दिएको थियो ।

मन्त्री बडुले संसद चल्दै नचल्ने अवस्थामा अर्ली इलेक्सनको कुरा बहसमा भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *