२०८१ असार १ गते | 14th of June 2024

ओलीले हैरान पारे, अब संसद् भंग गरेर निर्वाचनमा जाऔँ : माधव नेपाल

ओलीले हैरान पारे, अब संसद् भंग गरेर निर्वाचनमा जाऔँ : माधव नेपाल
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ९:१६

सत्तारूढ दलहरूले नै ‘अर्ली इलेक्सन’ गर्नुपर्ने आवाज उठाएका छन् । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै मंसिर अगाडि नै संघीय निर्वाचनमा जानुपर्ने टिप्पणी गरेका हुन् ।

उनले आइतबारको संसद बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको भन्दै संसद भंग गरेर तीनै तहको निर्वाचन गर्नुपर्ने बताए ।

उनले एमालेले अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक अवरुद्ध पारेर हैरान पारेको पनि बताए । उनले एमालेले संसद चल्न पनि नदिने र भत्ता पनि खाइरहने काम गरेको बताए ।

‘संसद्मा केपी ओलीको हैरानी कति सहने । अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ’ उनले भने ।

शनिबार सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि मंसिरअघि नै संघीय संसदको निर्वाचन गर्नुपर्ने बताएका थिए ।

उनले एमाले सांसदको निरन्तरको अवरोधका कारण संसद् बैठक कति समयसम्म यसरी चलाउने भन्ने प्रश्न उठ्न सक्नेसमेत बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *