२०८१ असार १ गते | 14th of June 2024

नोबेलमै पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

नोबेलमै पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन
Sanchar_np प्रकाशित: २०७८ फागुन २३ गते ८:४६

संसदीय समितिले स्थानान्तरणको माग गरिरहेका नोबेल मेडिकल कलेजका विद्यार्थीलाई कलेजमै पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । संसदीय समितिले स्थानान्तरणको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई छलफल गराउन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले सोमबार एक हप्ताभित्र कक्षामा सहभागी हुने वातावरण बनाउन निर्देशन दिएको हो । समिती सभापति जयपुरी घर्तीले अतिरिक्त कक्षा संचालन गरेर भएपनि पढाइ पूरा गराउनुपर्ने बताइन्। ‘तीन महिना छुटेको कक्षा पुरा गर्नुपर्छ । अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि पढाइ पुरा गराउनुपर्छ । विद्यार्थीहरु पढ्न नसक्ने वातावरण सृजना भएको छ । होस्टेल अनिवार्य बनाइदिएको छ । यो कारणले गर्दा उनीहरुलाई तनाव भएको छ,’ उनले भनिन्,’ कलेजले कानुनलाई हातमा लिएर गलत ढंगले अघि बढ्ने कुरा सुधार्नैपर्छ । ’

आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गीरीले विद्यार्थीलाई आवश्यक परे स्थानान्तरण सम्भावना रहेको बताए । उपाध्यक्ष प्रा.डा गीरीले विश्वविद्यालयलाई जिम्मेवारीमा हस्तान्तरण गर्न सम्बन्धित कलेजको सम्बन्धन खारेज गर्नुपर्ने बताए। ’ सम्भावना सबै कुराको छ । कुन हदसम्म जाने भन्ने हो । विश्वविद्यालयले जिम्मेवारीमा हस्तान्तरण गर्नुपर्छ । विश्वविद्यालयलाई जिम्मेवारीमा हस्तान्तरण गर्न सम्बन्धित कलेजको सम्बन्धन खारेज गर्नुपर्छ ,’ उनले भने,’ सिट घटाउने, सिट नदिने वा सम्बन्धन खारेजसम्म गर्न निर्देशन दिएको छ । ’

यस्तै, संसदीय समितिले कलेजले अटेरी गरे अन्यत्र भएपनि व्यवस्था गरेर छिटोभन्दा छिटो पढाइ सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । स्थानान्तरणको माग राख्दै नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी आन्दोलनमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *