२०८१ असार १ गते | 14th of June 2024

कोरोना अपडेट : ८८ जना संक्रमित, १ जनाको मृत्यु

कोरोना अपडेट : ८८ जना संक्रमित, १ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ फागुन २३ गते १०:५३

‍पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ६३८ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ६ हजार १४५ पिसिआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, ३७६ जना कोरोनामुक्त हुँदा हाल देशैभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *