२०८१ असार १ गते | 14th of June 2024

बैंकहरुले एक सातामा ११ अर्ब निक्षेप थप्दा १ अर्ब बढाए कर्जा

बैंकहरुले एक सातामा ११ अर्ब निक्षेप थप्दा १ अर्ब बढाए कर्जा
Sanchar_np प्रकाशित: २०७८ फागुन २३ गते १२:१९

फागुनको तेस्रो सातामा २७ वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्दा कर्जा प्रवाह भने १ अर्बले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन १३ गतेदेखि २० गतेसम्म आउँदा कर्जा प्रवाह भन्दा निक्षेप संकलन करिब १० गुणाले बढेको हो।

पछिल्लो समय खासै बढ्न नसकेको निक्षेप सँकलन गत साता भने ११ अर्ब रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार फागुन १३ गतेसम्ममा ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन फागुन २० गतेसम्ममा बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ जुन ११ अर्ब रुपैयाँले धेरै हो।

यस्तै बैंकहरुको कर्जा लगानी भने न्युन देखिएको छ। गत साता १ अर्ब रुपैयाँले मात्रै कर्जा विस्तार भएको छ। गत साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयााबाट बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो समय लगानीयोग्य रकमको अभाव बढ्दै गएको अवस्थामा बैंकहरुको पूँजीकोष समेत दबाबमा पर्दै गएको छ। यसले गर्दा बैंकहरुले अहिले कर्जा लगानी केहि कम गरेका हुन्।

निक्षेप केहि बढेसँगै बैंकहरुको सिडि अनुपात पनि औषतमा ९०।२६ प्रतिशतमा झरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *