२०८१ असार १ गते | 14th of June 2024

आज १ सय १२औं अन्तराष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

आज १ सय १२औं अन्तराष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ५:०१

आज १ सय १२औं अन्तर्राष्ट्रिय नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

दिवसका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन् । नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको गरेको भन्दै राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने बताइन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गरेकी छिन् । सभामुख अग्निप्रसाद सापकोटा लगाएत विभिन्न पार्टीका नेताहरुले समेत शुभकामना दिएका छन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा पारेका असर र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा आज विशेष कार्यक्रम गरिँदै छ ।

समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० भन्दा बढी महिला पदयात्रा गर्दै यहाँ पुगेर जलवायु परिवर्तन र महिला न्यायका विषयमा कार्यक्रममार्फत राज्यका सम्बन्धित निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन थालिएको हो ।

सन् १९१० मा कोपेन हेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *