२०८१ असार १ गते | 14th of June 2024

टोटेनहम फराकिलो जित

टोटेनहम फराकिलो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ५:४०

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई ५–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा १४ औं मिनेटमा माइकल किनको आत्मघाती गोलबाट टोटेनहमले सुरुआती अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

३७ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । खेलको ४६ औं मिनेटमा सेर्गी रेगुईलोनले गोल गरेपछि टोटेनहम ४–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५–० को जित दिलाए । जितसँगै टोटेनहमले २६ खेलमा ४५ अंक जोडेको छ ।

टोटेनहम सातौं स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *