२०८१ असार १ गते | 14th of June 2024

नेपाल–फ्रान्स मैत्री समूहका अध्यक्ष आज नेपाल आउँदै

नेपाल–फ्रान्स मैत्री समूहका अध्यक्ष आज नेपाल आउँदै
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ६:२६

फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँ आउँदैछन् । उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि नेपाल आउने काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *