२०८१ असार १ गते | 14th of June 2024

सुनको भाउ अहिलेसम्मकै उच्च, १ लाख १ हजार ९०० रुपैयाँ कायम

सुनको भाउ अहिलेसम्मकै उच्च, १ लाख १ हजार ९०० रुपैयाँ कायम
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ७:१६

साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा २००० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २००० रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४१५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *