२०८१ असार १ गते | 14th of June 2024

स्मारक ‘बी’ डिभिजन लिग : झम्सिखेलको पहिलो जित

स्मारक ‘बी’ डिभिजन लिग : झम्सिखेलको पहिलो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ७:५७

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ। एन्फा कम्प्लेक्समा मंगलबार ब्वाइज युनियनलाई ३–१ गोल अन्तरले हराउँदै झम्सिखेलले पहिलो जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल फर्काए पनि झम्सिखेल ३–१ ले विजयी भयो ।

जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ । ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ’ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *