२०८१ असार १ गते | 14th of June 2024

राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको हो : केपी ओली

राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको हो : केपी ओली
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ८:१५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन् ।

मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका हुन् । उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको लडाईं भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ । आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट हामी नेकपा एमाले अघि बढ््ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *