२०८१ असार १ गते | 14th of June 2024

थाइल्यान्डसँग नेपालले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने

थाइल्यान्डसँग नेपालले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ८:५३

नेपालले थाइल्यान्डसँग मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ–एन्फाका अनुसार नेपालले उक्त खेल आगामी मार्च २४ तारिखमा थाइल्यान्डको चोन बुरीमा खेल्ने छ।

मार्च २७ तारिखमा स्थानीय क्लबसँग पनि खेल्ने छ। एसिया कप छनोटको तयारीका लागि नेपालले मैत्रिपूर्ण खेल खेल्न लागेको हो । यसअघि घरेलु मैदानमा गत महिना मौरिसससँग भएको दुई वटा मैत्रिपूर्ण खेल नेपालले समान १–०  गोलले जितेको थियो। नेपालले जुनमा एएफसी कप छनोट खेल्दै छ।

थाइल्यान्ड फिफा वरियतामा अहिले एक सय १२ औँ स्थानमा छ। नेपाल एक सय ६७ औँ नम्बरमा छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *