२०८१ असार १ गते | 14th of June 2024

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ५:४०

नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।

यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँ बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ ।

पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ९ हजार बढेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *