२०८१ असार १ गते | 14th of June 2024

महिला विश्वकपः वेस्ट इन्डिजको दोस्रो जित

महिला विश्वकपः वेस्ट इन्डिजको दोस्रो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ६:५६

आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत वेस्ट इन्डिजले लगातार दोस्रो जित हात पारेको छ । न्यूजिल्यान्डको डुनेडिनमा बुधबार भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ७ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ४७ दशमलब ४ ओभरमा अलआउट हुदै मात्र २ सय १८ रन जोड्न सक्यो । इंग्ल्यान्डका लागि ट्यामी विउमाउन्टले सर्वाधिक ४६ रन जोडिन् ।

सोफी डंकलीले ३८ तथा सोफी इकलेस्टोनले अविजित ३३ रन बनाए । वेस्ट इन्डिजका लागि शामिलिया कोनेलले सर्वाधिक ३ विकेट हात पारिन् ।

हेयली म्याथ्यूज र अनिसा मोहम्मदले समान दुई–दुई विकेट तथा आलियाह अलेयन र स्टाफानियो टेलरले एक–एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय २५ रन जोडेको थियो ।

वेस्ट इन्डिजका लागि शेमाइने काम्पवेलले सर्वाधिक ६६ रनको योगदान गरिन् । चेडियन नेशनले अविजित ४९ तथा हेयली म्याथ्यूजले ४५ रन जोडे ।

इंग्ल्यान्डका लागि सोफी इक्लेस्टोनले सर्वााधिक ३ विकेट लिदा नाट सिभरले १ विकेट हात पारिन् । प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डको दोस्रो पराजय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *