२०८१ असार १ गते | 14th of June 2024

अमेरिकाका लागि नेपाली राजदूतले लिए सपथ

अमेरिकाका लागि नेपाली राजदूतले लिए सपथ
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ११:०६

संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका श्रीधर खत्रीले सपथ ग्रहण गरेका छन् । खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

सपथ ग्रहणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *