२०८१ असार १ गते | 14th of June 2024

अध्यक्ष नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल

अध्यक्ष नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल
Sanchar_np प्रकाशित: २०७८ फागुन २५ गते ११:३०

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौ समूह गठन गरेर छलफल भएको नेताहरुले बताएका छन् ।

७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समुहमा विभाजन गरेर छलफल भएको हो । उक्त छलफल भोलि बिहानसम्म सकेर र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ ।

अध्यक्ष नेपालको प्रतिवेदनमा चैत १५ भित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने कार्ययोजना छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *