२०८१ असार १ गते | 14th of June 2024

श्रीलंका पुलिसविरुद्ध नेपालका तिन खेलाडीको अर्धशतक !

श्रीलंका पुलिसविरुद्ध नेपालका तिन खेलाडीको अर्धशतक !
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ७:४४

श्रीलंका पुलिसविरुद्ध नेपालका तिन ब्याटरले अर्धशतक पुरा गरेका छन् । श्रीलंका पुलिसविरुद्ध शानदार ब्याटिङ गरेको नेपालका तिन खेलाडीले अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गर्नेमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा तेश्रो नम्बरका ब्याटर रोहित कुमार पौडेल रहेका छन् । खेलमा नेपालले शानदार ब्याटिङ गरेको छ । जारी खेलमा नेपालले ३५ ओभरमा मात्र ४ विकेट गुमाएर २ सय १४ रन जोडेको छ ।

पहिलो विकेटका लागि कुशलले अर्धशतकीय पाली खेलेर पेभिलियन फर्किए । उनले ५७ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए ।

यस्तै अर्का ओपनर आसिफ समेत अर्धशतक पुरा गरेर आउट भए । उनी व्यक्तिगत ५२ रन बनाएर मैदान बाहिरिए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले पनि अर्धशतक पुरा गरे । उनले ६३ रन बनाएर खेल्दै छन् ।

आरिफ शेखले ३५ रन तथा बिनोद भण्डारीले मात्र ३ रनमा आउट भए ।

नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । यसअघिको श्रीलंका नेभीविरुद्धको दुइ अभ्यास खेलमा नेपालले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेको थिएन । दुवै खेलमा जित हात पर्दा नेपालको बलिङले सम्भब भएको थियो ।

श्रीलंका पुलिसविरुद्ध नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । नेपालले आजको खेलमा लयमा रहेका दिपेन्द्र सिंह ऐरीलाई विश्राम दिएको छ । यस्तै विवेक यादब, ज्ञानन्द्र मल्ल र बिक्रम शोबलाई समेत बेञ्चमा राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *