२०८१ असार १ गते | 14th of June 2024

पाँच महिनापछि पुनः नेकपा एसमा फर्किए कँडेल

पाँच महिनापछि पुनः नेकपा एसमा फर्किए कँडेल
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ९:४४

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा झम्क कँडेल दोस्रोपटक मनोनीत भएका छन् । उनी कात्तिकमा एक दिनमात्र नेकपा एसको केन्द्रीय सदस्य बनेरए एमालेमा फर्किएका थिए ।

पाँच महिनापछि पुनः उनी नेकपा एसमै फर्किएर विहीबार केन्द्रीय सदस्यको सपथ ग्रहण गरेका छन् । नेकपा एमालेको रामेछाप जिल्ला कमिटी उपसचिव रहेकै बेला नेकपा एकीकृत समाजवादीमा लागेर केन्द्रीय सदस्य सदस्य बनेका झम्क कँडेल लगत्तै एमालेमा फर्किएका थिए ।

उनी पुस २३ मा सम्पन्न एमालेको जिल्ला अधिवेशनमा अध्यक्षको उम्मदेवार बन्न प्रयास गरेका थिए । तर, अध्यक्ष बन्न नपाएपछि उनी पुनः नेकपा एसमै फर्किएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *