२०८१ असार १ गते | 14th of June 2024

केपी ओली प्रवृत्तिलाई परास्त गर्नुपर्छ : माधव नेपाल

केपी ओली प्रवृत्तिलाई परास्त गर्नुपर्छ : माधव नेपाल
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते १०:४४

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समितिको समूहगत छलफलमा उठेका प्रश्नहरुलाई ग्रहण गरेको बताएका छन्।

समूहगत छलफल सकिएपछि नेपालले सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताएका हुन्। उनले भने, ‘हाम्रो फोकस जो सँग लडाइँ छ, त्यहाँ केन्द्रीत गरेका छौं। केपी ओली प्रवृत्तिलाई परास्त गर्नुपर्छ।’

केन्द्रीय कमिटीको तेस्रो बैठकमा ९ वटा समूहमा भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएको छ। केन्द्रीय सदस्यहरुले गठबन्धन नभई एकल रुपमै चुनावमा जाँदा पनि शानदार विजय हासिल गर्नेगरी सम्पूर्ण तयारीहरु हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *