२०८१ असार १ गते | 14th of June 2024

पाँचथरको यासोकमा आगलागी

पाँचथरको यासोकमा आगलागी
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते ५:२४

पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा आगलागीबाट एउटा घर जलेको छ । स्थानीय ओमबहादुर बुढाथोकीको घरमा गएराति भएको आगलागीमा २० लाख रुपैयाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बुढाथोकीले गाई बाध्न बनाएको ग्वालीबाट आगो सल्के पनि कारण खुल्न नसकेको बताइएको छ । आगलागी हुँदा बुढाथोकीको नगद १ लाख ५० हजार सहित २ तोला सुन,४० तोला चाँदी र भाँडाबर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । गत महिना पनि यासोक बजारका झरेन्द्र वुढाथोकीको घरमा आगलागी हुँदा एक करोड ९० लाख रुपैंयाको क्षति भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *