२०८१ असार १ गते | 14th of June 2024

युरोपा लिग : बराबरीमा रोकिएको बार्सिलोना

युरोपा लिग : बराबरीमा रोकिएको बार्सिलोना
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते ५:३७

स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरी खेलेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता हुनेछ ।  दोस्रो लेग गलातासारेको मैदानमा हुनेछ ।

युरोपा लिग अन्तर्गत नै पहिलो लेगमा फ्रेन्च क्लब मोनाको पराजित भएको छ । मोनाकोलाई ब्रागाले २-० ले हराएको छ ।

इटालियन लब एट्लान्टाले पहिलो लेगमा जित हासिल गरेको छ । एट्लान्टाले जर्मन क्लब बायर लिभरकुसेनलाई ३-२ गोल अन्तरए हरायो । यस्तै रेन्जर्सले एफक्रेभेनालाई ३-० ले हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *