२०८१ असार १ गते | 14th of June 2024

२५ लाखभन्दा बढी युक्रेनीले छाडे देश

२५ लाखभन्दा बढी युक्रेनीले छाडे देश
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते ११:३४

२४ जनवरीमा रुसले युक्रेनमा पूर्णरुपमा हमला गरेपछि २५ लाखभन्दा बढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको सङ्ख्या २५ लाख पुगेको एएफपीले जनाएको छ।

तीमध्ये १,१६,००० तेस्रो देशका नागरिकहरू रहेका छन् । अर्को झण्डै २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेको ग्रान्डीले बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *