२०८१ असार १ गते | 14th of June 2024

स्थानीय तहको चुनावमा एक करोड ८० लाख मतदाताले भाग लिन पाउने

स्थानीय तहको चुनावमा एक करोड ८० लाख मतदाताले भाग लिन पाउने
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते १२:०६

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एक करोड ८० लाख मतदाताले भाग लिन पाउने भएका छन्।

७५३ स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यसहित झण्डै ३५ हजार जनप्रतिनिधि चयनमा एक करोड ८० लाख मतदाता सहभागी हुने विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको हो।

शुक्रबार चुनावबारे दलका प्रतिनिधिलाई जानकारी गराउँदै आयोगले अहिलेसम्म १ करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली संकलन गरिएको जानकारी दिएको छ।

जसमा पुरुष ८७ लाख ८६ हजार ३६४ र महिला ९० लाख ४८ हजार २१३ छन् भने अन्यतर्फ १८८ जना मतदाता छन्। यसपटक आयोगले वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकालाई समेत मतदान गर्न दिने जनाएको छ।

वैशाख २९ गतेलाई कटअफ डेट मानेर मतदानमा सहभागी गराउँदा थप दुई लाख युवाले पहिलो पटक मतदानमा सहभागी हुन पाउने प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। मतदाता नामावली संकलनका लागि आयोगले गएको मंसिर १७ देखि पुस १९ सम्म मतदाता नामावली संकलन अभियान चलाएको थियो। अभियानका क्रममा आठ लाख ५० हजार मतदाता थपिएका थिए।

निर्वाचन आयोगका अनुसार अधित्याधिक जनघनत्व रहेको काठमाडौँभन्दा मोरङ र झापामा धेरै मतदाता रहेका छन्। मोरङमा ७ लाख १७ हजार ६७ मतदाता रहेका छन् भने झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेको आयोगका प्रवक्ता सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

जम्मा ६ लाख ४० हजार ५८ मतदाता रहेको आयोगले विवरणले देखाएको छ। आयोगका अनुसारमा मनाङमा सबैभन्दा कम ६ हजार ५७१ मतदाता छन्। दोस्रो कम मुस्ताङमा १० हजार ७९० र तेस्रोमा डोल्पा २२ हजार ६५१ मतदता रहेका छन्।

स्थानीय तहअन्तर्गत काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी ३ लाख ५७८, दोस्रोमा पोखरामा २ लाख ८ हजार ७० र तेस्रोमा भरतपुर १ लाख ८६ हजार ६६९ मतदाता रहेका छन्। सबैभन्दा कम मतदाता रहेको पालिका नापभूमि मनाङ ४५० जना, दोस्रोमा चामे मनाङ ७२२ जना र तेस्रोमा छार्का ताङसोङ डोल्पा ९८४ जना रहेका छन्।

वैशाख ३० गते हुने मतदानमा ७९ राजनीतिक दलले भाग लिन पाउनेछन्। चुनावमा भाग लिन निवेदन दिएका ८० दलमध्ये ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेकलाई आयोगले चुनावी प्रतिस्पर्धा गर्न दिने भएका हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *