२०८१ असार १ गते | 14th of June 2024

बराबरीमा रोकियो बायर्न

बराबरीमा रोकियो बायर्न
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ६:००

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्नले होफेनहाइमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले घरेलु टोलीसँग बराबरी खेलेको हो ।खेलको ३२ औं मिनेटमा क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा कायम रहेको छ । होफेनहाइम ४४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *