२०८१ असार १ गते | 14th of June 2024

महिला विश्वकपः अष्ट्रेलियाको लगातार तेस्रो जित

महिला विश्वकपः अष्ट्रेलियाको लगातार तेस्रो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ६:४३

आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत अष्ट्रेलियाले लगातार तेस्रो जित दर्ता गरेको छ ।

वेलिङटनमा आइतबार भएको खेलमा आयोजक न्यूजिल्यान्डलाई १ सय ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो ।

जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ३० दशमलब २ ओभरमा १ सय २८ रनमै सिमित भयो ।

न्यूजिल्यान्डका लागि एमी सेटर्थवेटले सर्वाधिक ४४ रन जोडिन् । अष्ट्रेलियाका लागि डार्सिया ब्राउनले सर्वाधिक तीन विकेट हात पारिन् ।

अमान्डा जाडे वेलिङटन र अस्लेघ गार्डनरले समान दुई–दुई विकेट लिए ।  एलिसी पेरी, टाहलिया माईकग्राथ र मेघन स्चुटले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि एलिसी पेरीले सर्वाधिक ६८ रनको योगदान गरिन् । टाहलिया माईकग्राथले ५७ तथा असलेघ गार्डनरले अविजित ४८ रन जोडिन् ।

न्यूजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३ विकेट हात पारिन् । अमेलिया केर, हेयली जेनसन, फ्रान्सेस माक्या र हनाह रोवीले एक–एक विकेट लिए ।

तीन खेल जितेको अष्ट्रेलिया ९ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।  यता न्यूजिल्यान्डले चारमध्ये दुई खेलमा जित तथा दुई खेलमा पराजय भोग्दै ४ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *