२०८१ असार १ गते | 14th of June 2024

मनमैजुबाट एक लाख नौ हजारसहित १० ‘जुवाडे’ पक्राउ

मनमैजुबाट एक लाख नौ हजारसहित १० ‘जुवाडे’ पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ७:०६

काठमाडौंको मनमैजुबाट एक लाख नौ हजार रुपैयाँभन्दा बढी रकमसहित १० ‘जुवाडे’ पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बागलुङको खुङ्ला गाउँपालिका–८ का ३९ वर्षीय युवराज कँडेललगायत १० जना छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख नौ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *