२०८१ असार १ गते | 14th of June 2024

इंग्लिस प्रिमियर लिग : लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग : लिभरपुलको सहज जित
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ७:५१

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरे ।खेलको १९ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले २८ खेलमा ६६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

ब्राइटन ३३ अंक जोडेर १३ औं स्थान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *