२०८१ असार १ गते | 14th of June 2024

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट ‘ड्र’

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट ‘ड्र’
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ८:०५

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ  । आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्ट बराबरीमा सकिएको हो ।

नर्थ साउण्डस्थित सर भिभियन रिचार्ड्स स्टेडियममा वेस्ट इन्डिजले २ सय ८६ रनको लक्ष्य पाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले ४ विकेट गुमाएर १ सय ४७ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।

दोस्रो इनिङ्समा वेस्ट इन्डिजका एनक्रुमा बोनरले अविजित ३८ तथा जासन होल्डरले अविजित ३७ रन जोडे । इंग्ल्यान्डका ज्याक लिचले३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ११ रन जोडेको थियो ।

वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय ७५ रन जोड्दै सामान्य अग्रता बनाएको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ सय ४९ रन जोड्दा इनिङ्स समाप्तिको घोषणा गर्दै वेस्ट इन्डिजलाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

दुई टोलीबीचको दोस्रो टेस्ट बुधबार सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *