२०८१ असार १ गते | 14th of June 2024

१२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

१२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते ९:४८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् ।

त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले ९अनुमानित० १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ ।

जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन् । “उनीहरूले ९अनुमानित० १२ हजारजना गुमाउँदा मलाई प्रसन्नता छैन । यसले मलाई खुसी पनि बनाउँदैन।।। । संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भने ।

यस तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न नसकिएको बीबीसीले जनाएको छ ।रुसले युक्रेनमाथि आक्रमण गरेको १७ दिन पूरा भएको छ । १८औँ दिनको सुरुमा पनि रुसी आक्रमण जारी छ ।

यसैबीच, मारिओपोलका मेयरले सो सहरमा बमबारी भएको १२ दिनमा एक हजार ५०० मानिस मारिएको बताएका छन् । बीबीसीबाट ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *