२०८१ असार १ गते | 14th of June 2024

डेढ वर्षकी बालिकाको बलात्कार र हत्या आरोपमा दुई जना पक्राउ

डेढ वर्षकी बालिकाको बलात्कार र हत्या आरोपमा दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन २९ गते १२:३७

मोरङको बेलबारीमा एक डेढ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ। गाँजाको नशाको सुरमा २ जनाले बालिकालाई झाडिमा पुर्‍याएर बलात्कार गरेको र बालिका चिच्याएपछि पोल खुल्ने डरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बालिकाको बलात्कार र हत्याको आरोपमा सुन्दरहरैचाका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले फागुन २७ मा घरमा खेल्दै गरेकी बालिका हराएकी थिइन्। खोज्नेक्रममा सोही दिन बेलुका सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७, गणेशपुरमा बनमारा, बयर घारीमा बालिका भेटिएकी थिइन्।

शरीरभरि चोट लागेको अवस्थामा भेटिएकी बालिकालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिए पनि उनको ज्यान जोगिन सकेन।

अनुसन्धानमा घटनाको दिन अजय र मिथुन केरा बगानमा गएर गाँजा खाएपछि अजय घरमा एक्लै खेल्दै गरेकी बालिका लिन आएका थिए। घरमा कोही नभएको देखेपछि उनी बालिका बोकेर बनमारा झाडीमा फर्किएका थिए।

झाडीमा दुवैले बालिकाको बलात्कार गरेपछि उनी चिच्याउन थालिन्। बालिका चिच्याएको कसैले सुनेमा घटना खुल्ने भन्दै उनीहरूले हत्या गरेको देखिएको छ। प्रहरीले दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *