२०८१ असार १ गते | 14th of June 2024

रुस र युक्रेनबीच आज फेरी वार्ता हुदै

रुस र युक्रेनबीच आज फेरी वार्ता हुदै
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ५:४८

काठमाडौँ । रुस र युक्रेनबीच आज फेरी नयाँ आशाका साथ वार्ता हुने भएको छ । रूसी पक्षबाट, दिमित्री पेस्कोभ र राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिवले यी वार्ताहरू भिडियो कन्फरेन्समार्फत हुने जानकारी दिएका छन् ।

युक्रेनका वार्ताकार र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पनि क्रेमलिनको भनाइको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । पोडोल्याकले रूसले रचनात्मक रूपमा पुनर्मिलन गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘रसियाले अहिले संसारभरि के भइरहेको छ भन्ने कुरा पहिलेभन्दा बढी बुझेको छ । युक्रेनको अवस्थालाई लिएर यो युद्धको मैदानमा लिनुपर्ने र युक्रेनको आफ्नै हितको रक्षा गर्न पहिलेभन्दा धेरै संवेदनशील छ ।’

यसअघि रुस र युक्रेनबीच प्रतिनिधिमण्डल स्तरीय दुई वार्ता र विदेशमन्त्री स्तरमा टर्कीमा एक वार्ता भैसकेको छ । तिनै वार्ताबाट ठोस सहमति भने हुन सकेको थिएन ।

रुसले तेस्रो साता युक्रेनमा आक्रमण गरिरहदा राष्ट्रपति भ्लादमिर पुटिनले आक्रमण रोक्न तीन शर्त अगाडी सरेको बताइएको छ । जसमा युक्रेन कहिल्लै नेटोको सदस्य नहुने, क्रिमियालाई रुसको भाग रहेको मान्यता दिनुपर्ने र डोनेटस्क र लुशांकलाई स्वतन्त्र देशको मान्यता दिनुपर्ने रहेका छन् ।

तर पुटिनका यी मागलाई युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अस्वीकार गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *