२०८१ असार १ गते | 14th of June 2024

युक्रेन छाड्न अमेरिकी दूतावासले फेरि गर्‍यो आग्रह

युक्रेन छाड्न अमेरिकी दूतावासले फेरि गर्‍यो आग्रह
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ६:२८

काठमाडौं। युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुनस् आग्रह गरेको छ।जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको दूतावासले उल्लेख गरेको छ।

यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको बीबीसीले उल्लेख गरेको छ।

सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्ने बारे ख्याल गर्न उसले भनेको समाचारमा जनाइएको छ।

जनावरीमा अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा रहेका अमेरिकीहरूको यकीन सङ्ख्या आफूसँग नभएको जनाएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *