२०८१ असार १ गते | 14th of June 2024

फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिकमाथि काँचो अण्डा प्रहार

फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिकमाथि काँचो अण्डा प्रहार
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ८:१७

एजेन्सी। फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि एक पेन्सेनरले काँचो अण्डा प्रहार गरेका छन् । शनिबारदक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका हुन् ।

वृद्धले असक्त बालबालिकाबारे जेम्मोरको टिप्पणीपछि टाउकोमा अण्डा फुटाएका हुन् । पेसाले किसान ती वृद्धाका छोरा अटिजमबाट पीडित छन् ।

जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरूविरुद्ध बोलेका थिए । जेम्मोरको समूहले सो विषयबारे प्रहरीलाई रिपोर्ट गर्न नहुने बताएको सार्वजनिक अभियोजनकर्ताको कार्यलयले जनाएको छ । फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *