२०८१ असार १ गते | 14th of June 2024

पोखराको अन्नपूर्ण केबलकार चैत्र १ बाट पुनः सञ्चालनमा आउँदै

पोखराको अन्नपूर्ण केबलकार चैत्र १ बाट पुनः सञ्चालनमा आउँदै
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ८:४५

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गते अर्थात् मंगलबारबाट सञ्चालनमा आउने भएको छ । सफ्ट ओपनिङ पछि केहि हप्ता सञ्चालनमा आएको केवलकार प्राविधिक परीक्षणका लागि स्थगित गरिएको थियो ।

प्राविधिक परीक्षण तथा मेन्टिनेट्स पछि व्यावसायिक रुपमै चैत्र १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको अन्नपूर्ण केवलकारका जिएम दिनेश पौडेलले रातोपाटीलाई बताए । केबलकार कम्पनीले पोखराको सराङकोटबाट बिहानको सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनलाई मध्यनजर गर्दै बिहान ५ बजेबाट साँझ ६ बजेसम्म केबलकार सञ्चालन गर्ने भएको छ ।

करिब २ अर्ब लगानीमा निमार्ण सम्पन्न पछि कम्पनीले सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनका लागि केवल ९ मिनेटको केबलकार यात्रा तय गरे पुग्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *