२०८१ असार १ गते | 14th of June 2024

सवारी लाइसेन्सको अनलाइन आवेदन भोलिदेखि बन्द

सवारी लाइसेन्सको अनलाइन आवेदन भोलिदेखि बन्द
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ११:३५

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १) बाट आवेदन बन्द गरिएको जनाएको छ ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए । सेवाग्राहीको असुविधाप्रति विभागले क्षमा पनि मागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *