२०८१ असार १ गते | 14th of June 2024

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ११:५२

काठमाडौं।  बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गी छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो बाट खटिएको टोलीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर सानिमा बैंकमा रहेको सानिमा नारी वचत खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकोमा भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *