२०८१ असार १ गते | 14th of June 2024

चुनाव केन्द्रित छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

चुनाव केन्द्रित छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ५:१९

काठमाडौं । स्थानीय तह चुनाव तयारी केन्द्रित छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सचिवालय बैठक बस्ने तयारी छ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अहिलेसम्म भएका कामको रिपोर्टिङ र आगामी रणनीति तय गर्न सचिवालय बैठक आज अपरान्ह ३ बजे बालकोटमा बस्ने जानकारी दिए।

उनले पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने र चुनावी घोषणा पत्रको तयारीको जिम्मा दिनेबारे सचिवालय बैठकमा छलफल हुने पनि बताए।

चैत ७ मा पोलिटब्युरो र ९ मा केन्द्रीय कमिटी बैठक हुने भएकोले त्यसका एजेन्डासमेत आजको सचिवालय बैठकले तय गर्ने तयारी एमालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *