२०८१ असार १ गते | 14th of June 2024

कालिका लघुवित्तको २५ हजार ३३० कित्ता संस्थापक शेयर विक्रीमा

कालिका लघुवित्तको २५ हजार ३३० कित्ता संस्थापक शेयर विक्रीमा
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ६:१७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ३३० कित्ता संस्थापक शेयर चैत १ गते मंगलवारदेखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *