२०८१ असार १ गते | 14th of June 2024

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ८:२१

काठमाडौं ।  विश्वकै धनाढ्य एवम् स्पेसएक्स र टेस्ला कम्पनीका प्रमुख एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै लड्न प्रस्ताव गरेका छन् । रुसले आक्रमण जारी राखेका बेला युक्रेनका लागि भन्दै रुसी राष्ट्रपतिसँग सिंगल फाइटको प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् पुटिनलाई यस्तो चुनौति दिएका हुन् । उनको ट्विटमा लेखिएको छ – ‘म उनलाई सिंगल फाइटका लागि चुनौति दिन्छ । युक्रेनको सवाल छ ।’

पहिलो प्रस्तावको केही समयलगत्तै उनले अर्को ट्विट गरी रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनलाई पनि ट्याग गरेका छन् ।

जुडो र साम्बो मार्शल आर्ट्समा निकै रुचि र दखल राख्ने भनिएका पुटिनलाई मस्कले दिएको चुनौतीका कारण धेरै जना अचम्ममा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मस्कले हालै युक्रेनको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । केही समयअघिमात्रै उनले ट्विट गर्दै ‘बलियो रहनु, युक्रेन’ भन्ने सन्देश जारी गरेका थिए भने जेलेन्स्कीसँग संवाद गरेको उनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रुसी आक्रमण यता मस्कले युक्रेनका लागि आफ्नो स्टारलिंक भू उपग्रहमार्फत् इन्टरनेट पनि उपलब्ध गराएका थिए

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *