२०८१ असार १ गते | 14th of June 2024

रुसले सार्वजनिक गर्‍यो खतरनाक हाइपरसोनिक क्षेप्यास्त्रको भिडियो

रुसले सार्वजनिक गर्‍यो खतरनाक हाइपरसोनिक क्षेप्यास्त्रको भिडियो
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ९:५१

रुसले आफ्नो खतरनाक हाइपरसोनिक आणविक क्षेप्यास्त्र जिर्कोनको भिडियो फूटेज सार्वजनिक गरेको छ । उक्त क्षेप्यास्त्र प्रहार गरेको पाँच मिनेटमा लन्डन पुग्न सक्छ ।

रुस सरकारले यस घातक हतियारलाई कसैले पनि रोक्न नसक्ने बताएको थियो । माख ९ जिर्कोन ह्वाइट सीमा रहेको एड्मिरल गोर्शकोभ फ्रिगेटबाट प्रहार गरिएको हो ।

युक्रेनमाथि रुसले गरेको आक्रमणमा कुनै मुलुकले हस्तक्षेप गरेमा रुसले आणविक हतियार समेत प्रयोग गर्न सक्ने चेतावनी पुटिनले दिएका छन् ।

यो भिडियो फूटेज अहिले सार्वजनिक गरिएको भए पनि यसलाई डिसेम्बर महिनामै खिचिएको विश्वास गरिएको छ । पश्चिमको पसिना छुटाउन अहिले रुसले त्यसलाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *