२०८१ असार १ गते | 14th of June 2024

आगामी जेठ २७ गते ऋचा शर्माको ‘कौसीद’ प्रदर्शन हुने

आगामी जेठ २७ गते ऋचा शर्माको ‘कौसीद’ प्रदर्शन हुने
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ११:०६

काठमाडौं । ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक भएको छ । सँगै प्रदर्शन मिति घोषणा भएको छ । सोमबार सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा पैसाका बिटो अंगाल्दै गरेको देख्न सकिन्छ ।

रिलिज पोस्टरका चलचित्रको रिलिज मिती जेठ २७ ९जुन १०० लाई तोकिएको छ । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो नेपाली फिल्म हो ।

ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने चलचित्र पैसाकै वरिपरि घुम्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।

कुमार भास्करको निर्देशनमा बनेको चलचित्रमा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

चलचित्रको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *